दफा १०
स्वास्थ्य क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि
११.१०.१. सूचना तथा सञ्चार प्रविधि मार्फत समुदायहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरोकारवालाहरुको सहभागितामा एउटा विस्तृत रणनीतिक प्रारुप (Strategic Framework) तयार गरी लागु गरिनेछ ।

११.१०.२. सूचना तथा सञ्चार प्रविधिमा आधारित स्वास्थ्य सेवा क्षेत्रमा लगानी प्रवर्द्धन गरिने छ।

११.१०.३. स्वास्थ्य सेवामा जनशक्ति विकास समेतको लक्षबाट निर्देशित रही एक विस्तारित दूर-स्वास्थ्य (Tele Medicine) योजना तर्जुमा गरी लागु गरिनेछ ।

११.१०.४ स्वास्थ्य संस्थाहरुमा विद्युतीय माध्यमद्वरा सङ्कलित स्वास्थ्य सेवा सम्बन्धी उपभोक्तहरुको तथ्याङ्कको गोपनियता सुरक्षित गर्न आवश्यक कानुनी तथा नियामक व्यवस्था गरिनेछ ।

११.१०.५. सवै स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलव्ध गराईनेछ ।

११.१०.६. स्वास्थ वीमा कार्यक्रमलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सहज तथा पारदर्शीरुपमा लागु गरिने छ ।